अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।
चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन । शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका थिए ।
चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले मिलाइदिनुपर्यो भन्दै घुस दिएका थिए ।
थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।