प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।

प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको जनाएको हो ।

बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।  बैठकमा प्रचण्ड माधव पक्षका सांसद भीम रावलले पहिलो बैठकमा कार्यसूचीमा भएको फेरबदलप्रति आपत्ति जनाएका थिए । रावलले कार्यसूची परिवर्तन गर्न माग गरेका छन् ।

रावल बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले रावलको नियमापत्ति प्रति असहमति जनाउदै सच्याउन सभामुखलाई आग्रह गरेका थिए । त्यस्तै बैठकमा काँग्रेस सांसदहरुले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेका छन् । काँग्रेस सांसद पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *