बाराको बलिरामपुर नाकावाट ब्यापक रुपमा गाई भैसीको तस्करी शुरु

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, फागुन २३ गते।

बाराको मुशर्हवा, बलिरामपुर, बरैनिया, छतवा, मटिअर्वा नाकाबाट सशस्त्र प्रहरी मिलोमतोमा ब्यापक तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।

पर्सा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु सशस्त्र प्रहरीको  सहयोगले  बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले बताएका छन । 

तस्करहरुले अहिले बाराको मुशर्हवामा भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा , हाडयेवर भित्रयाउने गरेका छन ।

बारा जिल्लाको सिमानाकामा रहेको सशस्त्र प्रहरी बिओपीहरुको सहयोगले नेपालमा भित्रिएको अवैध सामानहरु बारा प्रहरीले धमाधाम पक्राउ गरि भन्सार बुझाउदै आएपनि अहिले बारा जिल्लाको मुशर्हवा, बलिरामपुर , छतवा जस्ता सिमानाकाहरुमा तस्करी नरोकेको एक जना तस्करले बताएका छन्।

प्राप्त समाचार अनुसार सो नाकावाट राती  प्रतेक गोटा भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरिरहेको छ भने सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ४ सय रुपैयाको दरले तस्करहरुले दिदै आएको  बारा बलिरामपुर निवासी एक स्थानियले बताएका छन ।

अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी बिओपी नजरना  बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेका छन ।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा  तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी कानमा तेल हालेर बस्ने गरेकाछन ।

बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुरयाउने गरेको छ भने त्यसतै कपडा , हाडयेवर जितपुर , सिमरा सम्म पुर्‍याउने गरेको स्थानियहरुले बताउछन ।

बाराको बलिरामपुर नाकामा भईरहेको यस्ता गतिविधि तर्फ समबन्धित निकायका ध्यान जान यति आवशयक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *