अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,फागुन २३ गते।
दुई किलो अवैध लागुऔषध गाँजासहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सगरमाथा टोलका २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र बर्जु गाउँपालिका–१ का ३४ वर्षीय चौथानन्द रायलाई पक्राउ परेका हुन् ।
उनीहरुलाई शनिबार दिउँसो विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालछेउबाट प्रहरीले पक्राउ गरेको हो ।
को१ह ६७४८ नम्बरको टेम्पोको पछाडिको सिटमुनि जेब्रा झोला राखिएको दुई किलो गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।