११ लाख रुपैँया घुस सहित दुई जना रंगेहात पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २४ गते।

११ लाख रुपैँया घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयम बिचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो ।

त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यसायी चावाहील घर भएका अनिस जोशिलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ताले जानकारी दिनुभयो ।

उनीहरुमाथि अनुसन्धान गरि आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *