धनुषामा टिपरको ठक्करबाट अटो रिक्सा चालक महिला गम्भीर घाइते

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन २४ गते।

धनुषामा टिपरको ठक्करबाट अटो रिक्सा चालक महिला गम्भीर घाइते भएकी छन् ।

आज बिहान साढे ११ बजे जनकपुर तर्फ आउँदै गरेको ज १ ह १८१५ नम्बरको अटो रिक्सालाई विपरीत दिशाबाट अत्यधिक गतिमा आउँदै गरेको ना ६ ख ७३४१ नम्बरको टिपरले ठक्कर दिएको छ । ठक्करबाट अटोरिक्साका चालक महिला गम्भीर घाइते भएकी छिन्

 चालक महिलाको प्रदेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ भने टिपर चालक फरार भएका छन् ।

चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *