अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,फागुन २६ गते।
जोगवनी सीमानाकाबाट सिन्धुपाल्चोक घर भएका महिलालाई भारत तर्फ लैजादै गरेको अवस्थामा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगर–१५ का काजी तामाङ र विराटनगर–१६ का प्रेमबहादुर मगरलाई प्रहरीले दुईजना महिलालाइृ झुक्याएर भारत लैजान लागेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरी कार्यालयका अनुसार होटलमा काम लगाइदिने भन्दै दुई महिलालाई सिन्धुपाल्चोकबाट बेचविखनका गर्ने उदेश्यले विराटनगर १६ को दक्षिण गेटमा ल्याइएको भनि जाहेरी आएसंगै मगर र तामाङलाई पक्राउ गरीएको हो ।
रोजगारीमा लगाईदिने बहाना बनाएर सिन्धुपाल्चोकका दुईजना महिलालाई काठमाण्डौं हुँदै उनीहरुले विराटनगर ल्याएका थिए । त्यसपछि भारत लैजान लागेपछि पीडित महिलाहरुकै उजुरीका आधारमा उनीहरुलाई प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रण तथा उद्धार गरेको मोरङ प्रहरीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ ।