द स्पाइन मेमोरेन्डम को १८ औ अंक प्रकाशित

अनलाईन न्युजपाटी उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,फागुन २९ गते।

द स्पाइन मा.बि बनकटटीको मासिक पत्रिका द स्पाइन मेमोरेन्डम को १८ औ अंक आज प्रकाशित भएको छ । द स्पाइन न्युज क्लबले पत्रिकामा बिद्यार्थीहरुको चित्रकला , लेख रचना लगायत बिबिध बिषय प्रकाशन गर्ने उदेश्यले बिगत २ बर्षदेखि  निरन्तर रुपमा पत्रिका प्रकाशन गर्दै आएको छ ।

पत्रिका प्रकाशन तथा निर्माणमा बिद्यार्थीहरु पुर्ण रुपमा  स्वतस्फुर्त रुपमा सहभागी भैरहेको बिद्यालयका प्रिन्सिपल दिपक पौडेलले बताउनु भएको छ । पत्रिकामा आफनो ज्ञान र सिपलाई निरन्तर रुपमा तिखार्न र आफुहरु सहभागी हुन पाउदा  एकदमै खुसी लागेको द स्पाइन न्युज क्लबका अध्यक्ष सुशील परियारले बताउनु भयो । यस्तै गरी द स्पाइन मेमोरेन्डममा सामान्य ज्ञान , चित्रकला, गाउखाने कथा , स्थानिय घटना, लेख र रचनाहरु  समाबेश गर्दै आएको न्युज क्लबका सल्लाहकार तथा बिद्यालयका शिक्षक मदन सुबेदीले जानकारी दिनु भएको छ ।

यस्तै गरी कक्षा १० की छात्रा प्रतिष्ठा पाण्डेले पत्रिकामा आफनो रचना , प्रतिभा समाबेश गर्न पाउदा अझै जोस जागर थपिएको बताउनु भएको छ । यस्तै गरी हरेक बिद्यालयले बिद्यार्थीको चौतर्फी बिकासमा जोड दिन सकेमा बिद्यार्थीहरुमा झन हौसला प्रदान हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *