बाँकेमा दुलही पुर्याउन हिँडेको बस दुर्घट्नामा परि ३७ जना घाईते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २९ गते।

बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा परि ३७ जना घाईते भएका छन् ।

ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *