अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत ४ गते।
टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर गाडीको टायर पड्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर वीङ्गरमा सवार अन्य ६ जना घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ। वीङ्गरको पछाडीको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।