सप्तरीको तिलाठीमा आगलागी हुँदा ४ घर जलेर नष्ट

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,चैत ५ गते।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

आगोमा परेर एक जना गम्भीर घाइते समेत भएका छन् ।

सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताउनुभयो । उहाँकाअनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो ।

आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।

रातिको समयमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सवै सरसमान जलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुमानअनुसार आगलागीमा झण्डै ७५ लाख भन्दा बढिको क्षति भएको वडा अध्यक्ष साहको भनाई छ ।

राजविराज र हनुमाननगर नगरपालिकाबाट पुगेको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानियवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *