अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,चैत ५ गते।
विराटनगरमा आज सार्वजनिक बिदा दिइएको छ । विराटनगरका पहिलो निर्वाचित मेयर अशोक कोइरालाको मृत्यु शोकमा आज सार्वजनिक बिदा दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नद्वारा हस्ताक्षरित सूचना कार्यालय समय सुरु भईसकेपछि जारी भएकाले खुलिसकेका सामुदायिक विद्यालय र वडाकार्यालयहरु बन्द गरिएका छन् ।
विराटनगर १३ सैनिक टोलस्थित श्री बाल माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले विद्यार्थीहरु विद्यालय आईसकेपछि सूचना पाएकाले मौनधारण गरि विद्यालय बन्द गरीएको बताए ।
नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा बिहीबार बिहान करिब १ बजे विराटनगरको न्युरो अस्पतालमा निधन भएको थियो । उनी संविधानसभा सदस्य एवं राष्ट्रिसभाका सदस्य पनि हुन् ।