मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस लिएको आरोपमा पक्राउ

अनलाईन न्युजपाटी कञ्चनपुर,समाचारदाता,चैत ५ गते।

कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ परेका छन्।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई पक्राउ गरिएको जानकारी दिए। 

अहिले जोशीलाई अख्तियारको हिरासतमा राखिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *