अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत २१ गते।
रेल दुर्घटना हुँदा ताइवानमा ५० जनाको मृत्यु भएको छ ।
शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटनामा परेको रेलमा ५०० जना यात्रु सवार थिए । दुर्घटनामा केही घाइते भएका छन् ।
सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको थिए । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।
ताइवानमा चार दशकमा भएको यो सबभन्दा गम्भीर रेल दुर्घटना हो।
हालसम्म १०० भन्दा बढी यात्रुको उद्धार गरिएको छ । भने अझै मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ ।
स्थानीय सञ्चार माध्यमले रेल चालकको समेत मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ ।