गोरखाको बारपाकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २२ गते।

गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सात जना घाइते छन् ।

मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।

गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उहाँहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको प्रहरी नायब उपरीक्षकले बताउनुभयो ।

दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।

बारपाकबाट बालुवा आउँदै गरेको ना ५ च ३२९८ नम्बरको बोलेरो जिप शनिबार साँझ करिब सात बजे सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरेका थिए । लम्जुङबाट बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *