अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ३१ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ८० हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।