अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ६ गते।
आज पछिल्लो चौबीस घण्टामा थप १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । यो सँगै नेपालमा तीनहजार ९१ जनाको मृत्यु भएको छ ।