अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १२ गते।
दिल्लीमा आज फेरि एक हप्ताका लागी लकडाउन थपिएको छ ।
अहिले कोरोनाको हटस्पट भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ ।
कोरोनाको खतरालाई मध्यनजर गर्दै फेरि एकहप्ता लकडाउन थप गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।
यसअघि गत सोमबार मात्र एकहप्ताको लागि लकडाउन घोषणा भएको थियो । दिल्लीमा लगातार १४ दिन लकडाउन लागू भएको हो ।