आईपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १४ गते।

आईपीएल अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।

अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायो।

कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो । उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए ।

 कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने समान अङ्क रहको पञ्जाब छैठौं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *