गुल्मीमा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १८ गते।

आज रातिदेखि एक साताका लागि गुल्मीमा निषेधाज्ञा लगाइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन् ।

यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खोल्न पाइनेछ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सबै सवारी साधन चल्न रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *