अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख १९ गते।
धनुषामा कोरोना संक्रमण फैलिन नदिन मंगलबार बिहानदेखि लकडाउन घोषणा भएको छ ।
वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

संक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।
कोरोना महामारीले झनै जटिल परिस्थितिको सृजना गरिरहेकाले प्रादेशिक अस्पताल जनकपुरलाई साधन श्रोतको र बेडसंख्या बढाउन कारबाही बढाउने समेत समितिले निर्णय गरेको हो ।
यस्तै रमदैयाको जानकी मेडिकल कलेज शिक्षण अस्पताल र जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा सम्बन्धीत पक्षसंग कोभिड हस्पिटल संचालन गर्न समन्वय गर्ने र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरको छ ।