चितवनमा एक जना कोरोना संक्रमितले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २३ गते।

चितवनमा एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

माडी नगरपालिका–३ बस्ने ३५ वर्षीय गोविन्द साह आज विहान ७:३० बजेको समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । संक्रमित ती व्यक्ति यही वैशाख १५ गते भारतबाट घर फर्किएका थिए ।

घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *