अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,बैसाख २७ गते।
एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सर्लाहीमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घारीबथानकै ३५ वर्षीय युवक शिवजी साह रहेका छन् ।
वैशाख २० गते घर अगाडिको आँपको बगैंचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएको साहमाथि अभियोग छ । शरीरको अधिकांश भाग चलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारको लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।
घटनापछि फरार भएका साहलाई मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रवक्ता कुँवरले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।