चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २७ गते।

अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ ।

नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ ।

उहाँको अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।

नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ताले जानकारी दिनुभयो ।

प्रवक्ताले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको पनि बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *