अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २७ गते।
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
कोरोना संक्रमणको कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । कोभिडको संक्रमणको कारण परीक्षा संचालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका परीक्षा स्थागित गरेको उनले बताए । अर्को सूचना नहुञ्जेलसम्मको लागि परीक्षा स्थगित गरेको पौडेलले बताए ।