काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २७ गते।

काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ।

जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो।

यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्।

अहिले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिने भएकाले थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *