केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २७ गते।

केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान सुरु भएको छ । सोमबार सांसद प्रधानमन्त्री ओलीले विश्वासको मत मागेसँगै मतदान सुरु भएको हो ।

सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेका हुन् । यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *