अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २७ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।
ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।
तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए ।