आज थपिए ८ हजार ५२० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ३१ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ८ हजार ५२०जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ४ लाख ३९ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ३ लाख २७ हजार ६५३  जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २ सय ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

One thought on “आज थपिए ८ हजार ५२० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *