अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ २ गते।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् ।
यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।
केजरीवालले भने, ‘दिल्लीमा अवस्थामा सुधार भइरहेको छ । कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको छ । हामी यो चाहँदैनौं कि सुधार हुँदै गरेको अवस्थामा, पुनः अवस्था खराब होस् । त्यसैले लकडाउन मे २४ को बिहान ५ बजेसम्मका लागि बढाइँदैछ । त्यतिबेलासम्म मेट्रो सेवा पनि बन्द हुनेछन् ।’
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।