कोरोना पोजेटिभको संख्या बढ्दै गएकाले धरान उपमहानगरपालिका जेठ १५ गतेसम्म पूर्णरुपमा सिल

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ८ गते।

बन्दाबन्दीको समयमा पनि प्राथमिकताबिनै हिँडडुल गर्नेहरुलाई नियन्त्रण गर्नका लागि आइतबारबाट धरान उपमहानगरपालिका जेठ १५ गतेसम्म पूर्णरुपमा सिल गर्न लागिएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

उनका अनुसार कोरोना पोजेटिभको संख्या बढ्दै गएकाले अतिआवश्यकबाहेक पूर्णरुपमा ठप्प गर्न लागिएको हो । 

धरान उपमहानगर स्वास्थ्य महाशाखाका अनुसार धरान १३ मा आजका दिनसम्म ४१ जना संक्रमित पुगिसकेका छन् । धरान १३ अनाम टोलका ८५ वर्षीय एकजना वृद्धको ज्यान गएको अवस्था छ ।

यस्तो परिस्थितिमा कोरोना संक्रमण भएकाहरु पनि गाउँघरतिर चेकजाँच नगरी हिँडिरहने र संक्रमण दर फैलाउँदै गएकाले बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको वडाध्यक्ष काफ्लेले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *