अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ २२ गते।
लागु औषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका -१ भाँसीबाट म१प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका -१ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल पक्राउ परेका प्रहरीले बताएको छ।
उनीहरुको साथमा ५.०५ ग्राम खैरो हिरोइन फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।