अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, जेठ २४ गते।
एक समाजिक संस्थाले राहत संकलन गरी राहत वितरणमा सहयोग गर्दै अभियानमा लागेका छन् ।
कुशवाहा राहत सङ्कलन तथा बितरण अभियानका संयोजक गुणानन्द महतोको टोलीले बिराटनगर १,५, र १२ का गरिब तथा अति बिपन्न ३० परिवारमा खाद्यान्न सामाग्री बितरण गरेको छ ।
स्थानीय हरुले खाद्यान्न सामग्री चामल,दाल,नुन र तेल पाउँदा निकै खुसी भएको कुशवाहा राहत सङ्कलन अभियानको सदस्य तथा अभियन्ता रामनारायण मेहनतले जानकारी गराए ।
बन्दा बन्दीको समय लम्बियो भने फेरी राहत सामाग्री लिएर आउने बताउँदै अभियन्ता सुरेश महतोले समाजिक दुरि कायम गरी बस्नु घरमै बस्नु सुरक्षित भएर बस्न आग्रह गरे । अभियन्ता बब्लु मेहताले दोस्रो चरणको अभियान मा खाद्यान्न सामाग्री उपलब्ध गराएको बताए ।
खाद्यान्न सामाग्री महानगरको सबै वडाका गरिब तथा अति बिपन्न परिवार बाढ्ने सम्पूर्ण तयारी भैसकेको बताउँदै अभियानका संयोजक गुनानन्द महतोले बिस्तारै सबै घरमा जाने जनाकारी दिए ।
अभियानका सदस्य मङ्गल महतोले सबै सहयोगी हातहरुलाई आ आफ्नो ठाउँबाट स्वेच्छाले सक्ने सहयोग गरी अभियान सफल बनाईदिन अनुरोध गरे ।