अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २४ गते।
मकवानपुरबाट गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनार छन्।
प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले उनीहरूलाई काक्सिराङ गाउँपालिका-५ बाट पक्राउ गरेको हो।
पैदल हिँडिरहेका उनीहरूले बोकेको झोलामा १२ किलो ३ सय ग्राम गाँजा फेला परेको मकवानपुरका प्रहरी उपरीक्षकले बताए।
पक्राउ परेकालाई हिरासतमा लिएर आवश्यक कारबाही थालिएको उनले बताए।