लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ २४ गते।

लागुऔषधसहित कन्चनपुरमा २ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कञ्चनपुरकै वेदकोट नगरपालिका-५ का २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५  गण हेटक्वाटर शैलेश्वरी मातहत बोर्डर आउट पोष्ट झिलमिलाको फर्वाड वेश राधाकृष्णबाट सहायक प्रहरी नायव निरीक्षक गणेश विकको कमाण्डमा खटीएको समिा गस्ति टोलीले दुईजनालाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगरसहित एउटा मोटरसाइकल, दुईवटा मोवाइल र नगद एक हजार सात सय रुपैयाँ पनि बरामद गरिएको छ ।

बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *