लागुऔषध ब्राउन सुगरसहित चार व्यक्ति सुर्खेतबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २८ गते।

लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०/३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।

बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ गोजीमा दुई पोका र एनआर रानाले लगाएको कालो मास्क र पहेलो रङको झोलाभित्र लुकाइछिपाइ राखेको एक पोका र एक पुरीया गरी जम्मा तीन पोका एक पुरीया ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलीग्राम परिमाण भेटिएको उहाँको भनाइ छ ।

पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *