अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २८ गते।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।
उहाँले बिहीबार राती राजीनामा दिनुभएको हो ।
उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन्।
बुधबार बेलुकाबाट सम्पर्कबिहीन हुनुभएका भनिएका मन्त्री गुरुङ बिहीबार मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने बेलामा संसदमा उपस्थित हुनुभएको थिएन ।
राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन्।