मैथिल ब्राह्मण समाजद्धारा राहत वितरण कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी, जनकपुरधाम,समाचारदाता,जेठ २९ गते।

कोरोना महामारीका कारण सरकारले लामो समय देखि लगाएको निषेधाज्ञाबाट अस्तव्यस्त भएको नागरिकहरुलाई आज जनकपुरधामको कुवा रामपुर(हनुमाननगर) मा मैथिल ब्राह्मण समाजले राहत वितरण गरेको छ।

मैथिल ब्राह्मण समाजले लामो समय देखि लकडाउन प्रभावित बिप्पन घर परिवारलाई  राहत वितरण गरेको छ ।

उक्त राहत बितरण कार्यक्रममा मैथिल ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष भगवान झा, धनुषा जिल्लाका प्रमुख अधिकारी बन्धु प्रसाद बास्तोला, मैथिल ब्राह्मण समाज धनुषाका जिल्ला अध्यक्ष नविन झा, लगायत सुदिप झा, जानकी रमन झा, लगायत स्थानीयको बाक्लो उपस्थित थियो

राहत समाग्रीहरुमा समाग्रीमा चामल, आटा, दाल, नुन, आलु, प्याज, मसला (धनीया,खुर्सानी,बेसार), स्वावीन, मास्क, सावुन, चाउचाउ, विस्कुट र खानेतेल लगायतको समाग्री रहेको बितरण गरिएको मैथिल ब्राह्मण समाज धनुषाका जिल्ला अध्यक्ष नविन झाले अनलाईन न्युजपाटीलाई जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *