अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार २ गते।
मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ ।
एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापना गरेको ग्यास प्लान्ट को मुख्यमन्त्री राउतले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारी सङ्ग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योग का सञ्चालक हरु धन्यवाद दिदै जनकपुर क्षेत्रमा अब अक्सिजनको आभाव नहुने बिश्वास ब्यक्त गर्नु भयो ।
सात करोड्को लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ ।
एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहकोअध्यक्ष्ता मा भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्री नवल किशोर साह , प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा सहितको उपस्थिती रहेको थियो ।