कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार ४ गते।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि बंगलादेशमा थप एक महिना लम्ब्याइएको बताइएको छ ।

सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।

सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *