सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गर्यो

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,असार १२ गते।

सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति जेसिभीको बकेटले प्रहार गरी हत्या भएको हो ।

वडा नं. ३ स्थित मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पुष्टि गरे ।

साँझमा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। शुक्रबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए ।

‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको मेयर देवकोटाले बताए ।
वडाध्यक्ष श्रेष्ठको हत्या गरेर शव त्यहि पुरेर चालक फरार भएका थिए ।

प्रहरीले जेसिभी चालक हर्कबहादुर तामाङ र जेसिभी धनी प्रेम दाहाललाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिए। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *