तेह्रथुमबाट तिन थान भरुवा बन्दुक सहित तिनजना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १२ गते।

तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिनजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *