अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, असार १२ गते।
नेपाल र भारतको सिमा क्षेत्रमा रहेको प्रहरी चौकी ठाडीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध दिवस ठाडीमा मनाएको छ।
प्रत्येक बर्ष असार १२ गतेका दिन उक्त दिब्य मनाउने गरेका छन् । शनिबारबार सयौंका संख्यामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। प्रहरी चौकी ठाडीको इन्चार्ज अजित पाण्डेको नेतृत्वमा उक्त कार्यक्रम सुरु भएको छ ।
चौकीका इन्चार्ज पाण्डेको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने भगवानपुर गाउँपालिका ४ को वडा अध्यक्ष बिन्देश्वर साहको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अति साहका अनुसार देशमा भई रहेको लागु पदार्थ तथा अबैध तस्करी अबिलम रोकनु पर्ने बताउदै नयाँ पीडिको युवाहरुमा न राम्रो असर पर्ने गरेको छ।
स्थानीय सयौं जनसमुदायको घर मुलिहरुलाई अ- आफनो बच्चाहरु दुर्व्यसनबाट जोगाउन जे.एस मुरारका बहुमुखि क्याम्पसका प्राध्यापक कन्हैयाँ भट्टले उपस्थित सहभागीहरुलाई आग्रह गरेका थिए। यस्ले गर्दा देश बिकास निकै नै नकारात्मक असर पर्ने गरेको हो ।
सिमा क्षेत्रमा खटीएका प्रहरीहरुको लागु पदार्थ तथा अबैध तस्करी रोकनमा विशेष ध्यानाकर्षण हुनु अभिभावक र स्थानीय प्रहरीको जरुरी रहेको बताए।