सप्तरीको अग्निसाइरमा ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दियो

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता,असार १२ गते।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न–२ स्थित ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा माटरसाइकललाई ठक्कर दिएको छ ।

ठक्करबाट दुवै मोटरसाइकलमा पछाडी सवार एक–एक जना बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई दिएपछि दुर्घटना भएको हो । सप्तरीको सितापुरमा भएको सो दुर्घटनामा २५८५ नम्वरमा सवार रुपनी गाउँपालिका वडा न।–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी प्रमाणीको मृत्यु भएको छ । सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

दुर्घटना लगतै स्थानीयबासिन्दाले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *