अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार १३गते।
जम्मू एयरपोर्टको टेक्निकल क्षेत्रमा रहस्यमय विस्फोट भएको समाचार छ। विस्फोटन रातको २ बजे टेक्निकल एरिया भित्र भएको थियो। जुन एरियाभारतीय वायुसेनाले प्रयोग गरेको छ।
समाचार एजेन्सीका अनुसार विस्फोटनमा दुई कर्मचारी घाइते भएका छन्। साथै यस सम्बन्धमा प्रशासनले हालसम्म कुनै आधिकारिक प्रेस विज्ञप्ति जारी गरेको छैन।
जम्मू एयरपोर्टको रनवे र एयर ट्राफिक नियन्त्रण भारतीय वायु सेनाको नियन्त्रणमा छ, जुन साधारण यात्रुहरूको उडानको लागि पनि प्रयोग गरिन्छ। भारतीय वायुसेनाका प्रवक्ताले यस सम्बन्धमा बयान जारी गर्दै भने
फोरेन्सिक टोलीले पुगिसकेको छ र घटनास्थलको छानबिन गरी त्यहाँका केही नमूनाहरू संकलन गर्ने काम पनि भईरहेको छ ।