लकडाउनको मौका छोपी काठको तस्करी बढ्यो

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, असार १३ गते।

 केही दिन पहिला लुकाई राखेको अवस्थामा प्रहरीले अवैध जंगली काठ बरामद गरेको थियो  ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ७ गेडुवाजोत बगैचामा लुकाएर राखेएको अवस्थामा दुई लाख उनन्तीस हजार बराबरको का ६५.४४ कयुफिट काठ प्रहरी चैाकी ठकुरपुरबाट खटेको टोलीले केहि दिन अघि बरामद गरेको थियो ।

  नेपाल-भारत सीमा क्षेत्रमाको जंगलबाट दिनहुँ अवैध कालो शिसम, टिकका काठ तस्करी हुँदै आएको छ ।

नेपाल -भारत सीमा दर्जनौ काठ मिल र फर्निचर उद्योगहरु रहेकोले अवैध काठ जंगलबाट कटान गरि तस्करहरुले दिनहु भित्रियाउने गरेको स्रोतले जनाएको छ ।

यसरी तस्करी मौलाईरहँदा पनि सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप छ । तस्करहरुले भारतीय जंगलबाट नदीको किनारा हुँदै नेपालका सिमा नजिकका गाउंमा राति काठ गोलीयहरू चोरी निकासी गरेर लुकाउँछन र बिहानै काठ उद्योगहरुसम्म पुर्याउछन ।

जिल्लाको पश्चिम सिमानाको लालपुर, गेडुवाजात, ठकुरापुर,परशरामपुर घाट लगायतको क्षेत्र हुदै काष्ठ तस्करी भईरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *