नेपाल खुला विश्वविद्यालयमा ७४ जनाका लागि विभिन्न पदमा आवेदन खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १५ गते।

नेपाल खुला विश्वविद्यालय सेवा आयोगले प्राध्यापकदेखि कर्मचारीसम्म ७४ जनाका लागि दरखास्त आह्वान गरेको छ।

आन्तरिक र खुला प्रतियोगितामार्फत स्थायी सेवामा पदपूर्ति गर्न विश्वविद्यालयले प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा आवेदन खुला गरेको हो।

विश्वविद्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जना आवश्यक परेको छ।

यस्तै आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नेगरी प्रशासनतर्फ शाखा अधिकृत, कार्यालय मुख्य सहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० कर्मचारी माग गरिएको छ।

खुला प्रतियोगितामार्फत पूर्ति गर्नेगरी प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कूल २२ जना माग गरिएको छ। यस्तै खुलाबाटै प्रशासनतर्फ शाखा अधिकृत, लेखा अधिकृतलगायत कूल २० कर्मचारी माग गरिएको छ।

मंगलबारको गोरखापत्रमा प्रकाशित सूचनाअनुसार इच्छुक एवं योग्य नागरिकले आजका मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।

त्यसका लागि विश्वविद्यालयको वेबसाइट www.nou.edu.np/career मा फारम भरेर careernou@gmail.com मा इमेल गर्न भनिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *