अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,असार १६ गते।
रौतहटको बागमती नदिले खतराको सतह पार गरेको छ । गएरातीदेखिको लगातारको वर्षाको कारण जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदिको सहत बुधबार बिहान ५ सय ३० मि.लि. रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।
बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् ।