अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,असार २४ गते।
४० किलो गाँजासहित तीन जना सर्लाहीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका ११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका ८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका ११, का २१ वर्षीय शंखलाल बल रहेका छन् ।
उनीहरुलाई बुधबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १२, बाँके जंगलस्थित ना ६३ प ६७७ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ लिएर गाँजा लैजाँदै सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुर्लाइ इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।