भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २७ गते।

भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा आगलागी  भएको छ

सिद्धार्थनगर नगरपालिका–८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा गएराति सवा नौ बजेदेखि भएको आगलागी बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको छ ।

आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबर सहित दुई तल्ले घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपीले बताए । उक्त घरमा पसल धनी सुन्दर अग्रहरीको परिवार बस्दै आएकामा उनीहरुलाई सकुशल उद्धार गरिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुपन्देहीसहित नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलले ८ घण्टामा आगो नियन्त्रणमा लिएको डीएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *